एजेन्सी - विश्वव्यापी रुपमा त्रास फैलाइरहेको कोरोना भाइरसले गर्दा थुप्रै क्षेत्रमा प्रभावित बनाएको छ ।

मानिसको दैनिक जीवनमा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्याएको छ । यसै कोरोना भाइरसको कहरलाई देख्दै भारतको फिल्म निर्माणका सम्पूर्ण गतिविधीलाई रोक्ने निर्णय गरिएको छ ।

अब फिल्म तथा टेलिभिजन सिरियलका सम्पूर्ण सुटिङहरु १९ मार्चदेखि ३१ मार्चसम्मका लागि स्थगित गर्ने घोषणा गरिएको हो । इन्डियन माशन पिक्चर्स प्रोड्युशर एसोसियशन (आइएमपीपीए)को आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

सुटिङको क्रममा सयौं मानिसहरु एकसाथ जमघट हुने र यसले कोरोना भाइरसलाई प्रभावित गराउने भन्दै सम्पूर्ण सुटिङहरु बन्द गरिएको जनाइएको छ ।