राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८१-०५-०२ ०७:४४ मा प्रकाशित
Total Shares: 99
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्न लागेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने छन् ।
त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस