काठमाडौं - बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गत असार ३० गते गाउँपालिकामा ७४ जनाको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्दा ११ महिला र ३६ पुरुषमा गरी ४६ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुन्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ ।

एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।