सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग बनाउने प्रक्रिया अघि बढिसक्योः प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८०-०५-२९ ०३:०९ मा प्रकाशित
Total Shares: 112
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताए।
‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ’ प्रधानमन्त्री प्रचण्डले भने।

.gif)



फेसबुक पेज Like गर्नुहोस