काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । 

आजबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताएका हुन् । 

प्रमुख शाहले पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताए । प्रमुख शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । 

न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास उनको छ ।