काठमाडौं - नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदमा लड्ने घोषणा गरेका भीम रावलले उम्मेद्वारी फिर्ता लिनसक्ने बताइएको थियो । तर, उनी आफ्नो अडानमा कायम रहेका छन् भने भोट माग्न समेत सुरु गरेका छन्।
ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने प्रयास भएको थियो । तर, रावलले भने प्रतिनिधिहरूसँग भोटका लागि भेटघाट तीब्र बनाएका छन् ।
बन्दसत्र सुरु भएसँगै उनले प्रतिनिधिसँग छलफल गर्दै भोट माग्न थालेको बताइएको छ।

.gif)



