सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी
खबर एक्सप्रेस
२०८१-०७-०७ १०:४५ मा प्रकाशित
Total Shares: 82
काठमाडौं - बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस