बाढीपहिरो पीडितलाई तत्काल राहत दिन राज्य व्यवस्था समितिको निर्देशन
खबर एक्सप्रेस
२०८१-०६-१५ ०२:५५ मा प्रकाशित
Total Shares: 36
काठमाडौं-संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो प्रभावितलाई राहतको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।
सुशासन समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।
फेसबुक पेज Like गर्नुहोस