संसदमा बादलको टिप्पणी- रास्वपा अराजक जमातको अस्थायी गठजोड हो
काठमाडौँ - नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सत्तारुढ दल रास्वपालाई झुण्डको संज्ञा दिएका छन्।
प्रतिनिधिसभा बैठकमा उनले रास्वपा सुसंगत वैज्ञानिक विचार बोकेको पार्टी नभई अराजक जमातको गठजोड भएको आरोप लगाएका हुन्। ‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ उनले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’
रास्वपाले दशर्कौँदेखिको योगदानबाट प्राप्त गरेको नभई विगतमा सत्ताधारी दलको गल्ती, एआई र अल्गोरिदम तथा विश्वका दृश्य अदृश्य शक्तिको बलबाट रास्वपा दुईतिहाइको सरकार बनाउन सफल भएको उनको दाबी छ। उनले देशमा कथित नीलो क्रान्ति पूरा गर्ने योजनाका साथ रास्वपा उदाएको तर्क गरे।
रास्वपा रूपमा अति नै अति प्रिय देखिए पनि सारमा अत्यन्त दुखदायी रहेको दाबी गरे। रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति रहेको उनले बताए । ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो।’

.gif)



फेसबुक पेज Like गर्नुहोस