काठमाडौं - प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा इटालियन क्लब एसी मिलानसँग रियलले गोलरहित बराबरी खेलेको हो । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बल पोसेसनमा पकड बनाएपनि रियलले गोल भने गर्न सकेन । ४०औं मिनेटमा रियलले पेनाल्टीको अवसर पाएको थियो । ४०औं मिनेटमा सान्द्रो टोनाली र डाभिड कालाब्रियाले ग्यारेथ बेललाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले पेनाल्टी प्रदान गरे तर, त्यसमा बेल चुक्दा रियलले अग्रता लिन सकेन । मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो ।

रियलले १५ अगस्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ ।