काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतमा मनोनित गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफू निकट रहेकी ब्यारेटलाई भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेका हुन ।

ब्यारेटको नियुक्तिसँगै सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा ट्रम्प समर्थकको बहुमत हुनेछ । सर्वोच्चका न्यायाधीश रुथ बाधर गिन्सबर्गको निधन भएको केही दिनमै राष्ट्रपति ट्रम्पले ब्यारेटलाई नियुक्त गरेका हुन् ।

संसदका दुवै सदनले नाम अनुमोदन गरेेेेपछि ब्यारेटले गिन्सबर्गको स्थान लिनुहुनेछ । यता विपक्षीहरुले भने चुनावी रणनीति अनुसार नै ट्रम्पले आफूअनुकुल न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् ।  ट्रम्पले भने ब्यारेटको नियुक्तिसँगै सबैभन्दा योग्य व्यक्तिलाई अदालतको नेतृत्व दिएको दावी गरेका छन्र ।

ब्यारेटको सुनुवाइ प्रक्रिया चाँडै नै सुरु हुने ह्वाइट हाउसलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर आगामी मंगलरबादेखि नै ब्यारेटले काम सुरु गर्ने बताइएको छ । अमेरिकी कानुन अनुसार नौ जना न्यायाधीशले आजीवन नियुक्ति पाउँछन् ।

उनीहरुको निर्णयले राज्यले बन्दुक र मतदानदेखि गर्भपतनलगायतका विषयमा सार्वजनिक नीति बनाउन सक्छ । हालैका वर्षहरुमा अदालतले समलिंगी विवाहलाई सबै राज्यमा मान्यता दिएको छ । त्यसैगरी अमेरिकामा मुस्लिम देशका नागरिकहरुमाथि यात्रा गर्न लगाइएको प्रतिबन्धलाई अदालतले मान्यता दिएपछि राष्ट्रपति ट्रम्पको सर्वत्र आलोचनासमेत भएको थियो ।