काठमाडौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्।

बुधबार दिउँसो सुकुटे पुगेका दाहाल परिवारले माओवादीका सिन्धुपाल्चोकका नेताहरुसँग भोटेकोसीमा र्याफ्टिङ गरेका छन्।

उनीसँग पूर्वसभामुख अग्निप्रसाद सापकोटा, भर्खरै सिन्धुपाल्चोक २ बाट निर्वाचित माधव सापकोटा, प्रदेशसभामा निर्वाचित माओवादीकै सरल सहयात्रीलगायत नेता कार्यकर्ताले पनि सँगै र् याफ्टिङ गरेका हुन्।