प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक
खबर एक्सप्रेस
२०७८-०५-०४ ०८:५५ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना तथा चेल्सीका एन गोलो कान्टे र जर्गिन्हो परेका छन् । तीनै खेलाडी प्रिमियर लिगमा खेल्दै आएका छन् । साथै, तीनै खेलाडी मिडफिल्डर हुन् ।
महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन् । पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, रोबर्टो मान्सिनी र थोमस टुचेल शीर्ष तीनमा रहेका छन् ।
महिला कोचको मनोनयनमा लुइस कोर्टेस, पिटर गेर्हार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस