चीनसँग सबै सम्बन्ध तोड्न सक्छौँ : ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन् । चीनमाथि खनिदैँ आएका ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा यस्तो बताएका हुन् ।
ट्रम्पले भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ उनले चीन र अमेरिकाबीच व्यापारलाई इशारा गर्दै भने 'सबै सम्बन्ध तोडियो भने हामीले ५ सय अर्ब डलर बचाउन सक्छौ ।'
अमेरिकाले चीनसँगको व्यापार वर्षिनै अर्बौँको घाटा व्यहोर्दै आएको छ । अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ । अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।
तर, चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस