मौसम : तराईंमा बाक्लो हुस्सु र कुहिरो
खबर एक्सप्रेस
२०८१-०९-१८ ०७:४६ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसको प्रभावले दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।
अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
हुस्सु र कुहिरो लागेको ठाउँमा सवारी साधन चलाउँदा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस