सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-१३ ११:०३ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस