राष्ट्रपति बनेपछि पौडेलले आज पहिलो पटक संसदलाई सम्बोधन गर्दै
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै छन् ।
राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई आज अपराह्न ४ बजे सम्बोधन गर्न लागेका हुन् । सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा संसदमा प्रस्तुत गर्दैछ । त्यसलाई राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुतका लागि सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपतिमा चयन भएपछि संघीय संसदको संयुक्त बैठकलाई पौडेलले पहिलो पटक संसदमा उनको यो पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि केही दिन छलफल हुनेछ ।
सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि दुबै सदनको छुट्टाछुट्टै बैठक बस्नेछ । बैठकले राष्ट्रपतिको सम्बोधनलाई टेबुल गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस