काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार ८७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ७२.८ प्रतिशत संक्रमितहरु निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४९ जनाले ज्यान गुमाईसकेका छन् । अाज थप एक जनाकाे मृत्यु भएकाे छ । 

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।