काठमाडौं - पूर्वमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरबहादुर तामाङ पुनः प्रचण्ड–नेपाल पक्षमा फर्किएका छन् । पार्टीले फुटको औपचारिकता मात्र पूरा गर्न बाँकी छँदा उनी पुनः प्रचण्ड–नेपाल कित्तामा उभिएका हुन् ।

माधव कुमार नेपाल निकट तामाङ प्रतिनिधि सभा विघटनपछि ओली कित्तामा उभिएका थिए । तर, उनी ओली पक्षको बैठक र भेलामा देखिएपछि धेरैले त्यतै गएको अनुमान लगाए । तर, उनले आफू प्रचण्ड–नेपाल कित्तामा रहने निर्णय गरेको हो ।

त्यस्तै, उनकी श्रीमती उषाकला राईले पनि ओली पक्षले दिएको केन्द्रीय सदस्यको पद अस्वीकार गरेकी छिन्। तामाङ प्रचण्ड–नेपाल कित्तामा फर्किएपछि वाग्मती प्रदेश सभाकी सदस्यसमेत रहेकी उनकी श्रीमती राईले ओली पक्षले दिएको जिम्मेवारी अस्वीकार गरेकी हुन् ।