काठमाडौं - डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

लुहारकी ३५ बर्षकी श्रीमती विष्णा, ११ बर्षका छोरा पारस, ७ बर्षकी छोरी सिरु र ४ बर्षकी छोरी जेनिषाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए।

उनीहरुको स्वास्थ्य चौकी बाझककानीमा उपचारका भइरहेको प्रहरी निरिक्षक बोहराले बताए। उनका अनुसार घर भत्किएपछि अन्य ५ जना घाईते भएका छन्।