प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अोलीबीच बालुवाटारमा भेटवार्ता
खबर एक्सप्रेस
२०७९-११-०४ १०:३९ मा प्रकाशित
Total Shares: 136
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बताइएकाे छ ।माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने हल्ला चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस