भागरथी हत्या प्रकरणः हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन
खबर एक्सप्रेस
२०७७-१०-२६ ०१:२२ मा प्रकाशित
Total Shares: 490
काठमाडौं,महेन्द्रनगर - बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान विद्यार्थीले प्रदर्शन गरेका छन् ।
घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै महेन्द्रनगरको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस