काठमाडौं - नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।

उनीहरुलाई रुकुम पश्चिमसहितका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डाक्टरको नक्कली प्रमाणपत्र पेश गरेर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा काम गरिरहेका डा दीपेन्द्र गौतमसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली प्रमाणपत्र पेश गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।