नेकपाको विवादित स्कुल विभागमा ईश्वर पोखरेल सर्वसम्मत
खबर एक्सप्रेस
२०७६-०५-०१ ११:०० मा प्रकाशित
Total Shares: 590
काठमाडौं - लामो समयको रस्साकस्सीपछि अन्ततः नेकपाको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन् ।
शुक्रबार बसेको प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले स्कूलसहित ३३ वटै विभाग टुंगो लगाएको हो । विवादित स्कुल विभागमा ईश्वर पोखरेल प्रमुख रहने निर्णय भएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने निर्णय गरेको छ भने प्रचार विभागको जिम्मा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस