काठमाडौं - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यही वैशाख १३ गतेदेखि बागमती प्रदेशसभाको दशौं अधिवेशन सुरु भएको छ । चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए ।

पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।