बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-२३ ११:०४ मा प्रकाशित
Total Shares: 278
बैतडी - बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
गएराति १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको मृत्यु भएको उहाँले बताउनुभयो । १६ बर्षीया सुजिता बोहरा र १२ बर्षीया सुनिता बोहरा भने भाग्न सफल भएका थिए ।
मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस