काठमाडौं,एजेन्सी - स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनासँग गरेको सम्झौता समाप्त भएको छ । जुलाई ३० को रातिबाट मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको हो । 

अब मेस्सी फ्रि–एजेन्ट बनेका छन् । मेस्सीले चाहेमा उनी कुनै पनि क्लबमा अनुबन्ध हुनसक्छन् । तर, बार्सिलोनाले उनलाई यो महिनाभित्र सम्झौता अफर गर्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार मेस्सीका बुबा र क्लब प्रमुख जोयन लापोर्ताबीच सम्वाद चलिराखेको छ ।

जुन ३० भित्र बार्सिलोनाले मेस्सीसँग सम्झौता गर्ने सम्भावना रहेको बताइएको छ । 

मेस्सीलाई अनुबन्ध गर्न केही प्रतिष्ठित क्लबहरुले चासो देखाइरहेका छन् । म्यान्चेष्टर सिटी, इन्टर मिलान, पिएसजीले अनुबन्ध गर्न चाहेका छन् ।