काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु पुष्टि हुनेमा झापाका ५८ वर्षिय पुरुष, पर्साकी ५६ वर्षिया महिला र सर्लाहीकी ३३ वर्षिया महिला रहेकी छन् । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। २८१ जना संक्रमण मुक्त भएका छन् ।