पोखराले लुम्बिनी लायन्सलाई दियो १५१ रनको लक्ष्य
खबर एक्सप्रेस
२०८२-०८-१४ ०१:३१ मा प्रकाशित
Total Shares: 55
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको हो । पोखराका ओपनर एडम वासिङटनले ६३ बलमा ८१ रन बनाएका थिए भने जिम्मी निशमले ३२ बलमा ५१ रनमा अविजित रहे ।
पोखराका अन्य ब्याट्सम्यानमध्ये दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुल्ददिन नाइवले एक विकेट लिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस