काेरोना संक्रमित बढ्दै गएपछि शनिबारदेखि २ सातासम्म विराटनगरमा लकडाउन
खबर एक्सप्रेस
२०७७-०४-१६ ०३:३६ मा प्रकाशित
Total Shares: 468
काठमाडौं – विराटनगरमा काेरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई साताका लागि लकडाउन जारी गरिएको छ ।
शुक्रबार बसेकाे जिल्ला कोभिड क्राइशिस म्यानेजमेन्ट को बैठकले यस्ताे निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।
शुक्रबार मात्र विरानगरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । विरानगरमा एक सय भन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । लकडाउन खुलेसंगै भिडभाड बढ्न थालेपछि फेरी लकडाउन जारी गर्ने निर्णय गरिएकाे खड्काले बताए ।
फेसबुक पेज Like गर्नुहोस