७६ वर्षीया वृद्धलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
खबर एक्सप्रेस
२०७७-११-०३ ०४:५४ मा प्रकाशित
Total Shares: 366
काठमाडौं, बारा - वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस