काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४८३ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । आज कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको छ ।