लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण नियुक्त
खबर एक्सप्रेस
२०८१-०४-०७ ०६:०० मा प्रकाशित
Total Shares: 111
बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ ।
उनी नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । आचार्यले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ५६ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस