उपाधि होडमा रियल र एट्लेटिको मड्रिड
काठमाडौं - स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-०ले पराजित गरेको हो ।
रियलको जितमा डिफेन्डर नाचो फर्नान्डेसले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । क्यासेमिरोले गरेको लो क्रसलाई सुरुमै आफसाइड पोजिसनमा रहेका करिम बेन्जेमाले छाडेको बल नाचोलाई लाग्दै गोलमा परिणत भएको थियो । ८९औं मिनेटमा सब्सिच्युट राहुल गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बिल्वाओ १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै रियलले उपाधि होडलाई जीवितै राखेको छ । दोस्रो स्थानमा रहेको रियलले ३७ खेलमा ८१ अंक जोडेको छ । पराजित बिल्बाओ ४६अंकसहित नवौं स्थानमा छ ।
यस्तै, उपाधि होडको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ओसासुनामाथि २–१ पूनरागमन जित निकालेको छ । एट्लेटिकोले ३७ खेलमा ८३ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले अघि छ । योसँगै उपाधिको छिनोफानो अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस