काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्याण्ड र डेनमार्कबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधि दावेदार मानिएका इंग्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसकारण आजको खेल रोमान्चक हुने अनुमान गरिएको छ । 

घरेलु मैदानमा इंग्ल्याण्डलाई दर्शकको बलियो समर्थन हुनेछ ।  इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । 

इंग्ल्याण्डले क्वार्टरफाइनलमा युक्रेनलाई पराजित गर्दै सेमिफाइनलमा डेनमार्कसँगको भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इंग्ल्याण्डले युक्रेनलाई ४-० गोल अन्तरले हराएको थियो  ।

यता, डेनमार्क पनि उत्कृष्ट लयमा रहेको छ । डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्याण्डले १२ खेल जितेको छ । ५ खेल बराबरीमा सकिँदा ४ खेल डेनमार्कले जितेको छ ।

No description available.

No description available.