बराबरीमा रोकियो इंग्ल्यान्ड
खबर एक्सप्रेस
२०७८-०३-०५ ०८:३७ मा प्रकाशित
Total Shares: 278
काठमाडौै, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्ड बराबरी खेल्दै अंक बाँडेको छ ।
नेपाली समयानुसार शुक्रबार राति भएको समूह चरणको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ ।
स्कटल्याण्डले बराबरीबाट एक अंक जोडेको छ । स्कटल्याण्ड २ खेलमा १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस