एजेन्सी - चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ करोड १३ लाख ६० हजार ६१ मा कोरोना संक्रमण पुष्टि भएको छ । ७ लाख ६२ हजार ४ सय ४१ ले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका १ करोड ४१ लाख ३४ हजार ५६ संक्रमित निको भएका छन् ।  

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । हालसम्म ५४ लाख ७६ हजार २ सय ६६ मा कोरोनाले संक्रमण गराएको छ । १ लाख ७१ हजार ५ सय ३५ ले ज्यान गुमाएका छन् ।

यस्तै २८ लाख ७५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।