इजरायली आक्रमणबाट हमास प्रमुख सिनवारको मृत्यु
खबर एक्सप्रेस
२०८१-०७-०२ ०८:४४ मा प्रकाशित
Total Shares: 64
काठमाडौ, एजेन्सी - इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।
इजरायली विदेशमन्त्री इजरायल कात्जले बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि गरेका हुन् ।
गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको सिनवार प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो ।
यता, हमासको तर्फबाट हालसम्म सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया आएको छैन ।
फेसबुक पेज Like गर्नुहोस