बाजुराको त्रिवेणीमा गोली चल्योः तीन जना घाइते, एकको अवस्था गम्भीर
खबर एक्सप्रेस
२०७९-०८-०४ ०६:२१ मा प्रकाशित
Total Shares: 225
काठमाडौं,बाजुरा - बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस