युरोकपमा आज पोर्चुगल, फ्रान्स र जर्मनी भिड्दै
काठमाडौं,एजेन्सी - १६औं संस्करणको युरोकपमा आज दुई खेलहरु हुँदैछ ।
समूह एफको पहिलो खेलमा हंगेरीले साविक विजेता पोर्चुगलको सामना गर्दैछ भने दोस्रो खेलमा विश्व विजेता र साविक उपविजेता फ्रान्स र सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । यो समूहको विजेता नै उपाधिको मुख्य दाबेदारको रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । याे समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भनिएकाे छ ।
पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदानमा राति ९ः४५ बजे खेल्नेछ । पोर्चुगल सहज जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो । सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्व पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ । भने हंगेरी पनि पोर्चुगललाई पन्छाउँदै अघि बढ्ने दाउमा छ ।
यस्तै, दोस्रो खेलमा विश्व विजेता फ्रान्सले जर्मनीसँग उसकै मैदानमा राति १२ः४५ बजे खेल्नेछ । दुवै टोली सुखद सुरुवात गर्ने योजनामा छन् ।
दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ । करिब बेन्जामा झण्डै ६ वर्षपछि फ्रेन्च टिममा पुनरागमन गरेका छन् । युवा स्टार किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन, पउल पोग्वा, एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडीहरु फ्रन्च टिममा छन् । यता जर्मनीमा पनि थोमस मुलर र माट हुमेल्सले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।अहिलेसम्म सर्वाधिक १२ पटक युरोकप खेलेको जर्मनी ६ पटक फाइनल पुगेको थियो । जसमा ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस