चितवन - चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा बन्द सत्र सुरु भएको छ ।

बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि  प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको थियो । 

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर, प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ भने उपस्थित भएका छैनन् ।