मधेशका मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार
खबर एक्सप्रेस
२०८१-०२-२७ ०६:०८ मा प्रकाशित
Total Shares: 64
जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री सिंहले आफ्नो पार्टीबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।
सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । योसँगै अब उनको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस