घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०३-१८ ११:०७ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस