एजेन्सी - अमेरिकामा कोरोना भाइरसले ताण्डव मच्चाइराखेको छ । शुक्रबारमात्रै अमेरिकामा कोरोना भाइरसका कारण २ हजार ५३५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३७ हजार १५४ पुगेको छ ।

अमेरिकामा संक्रतिको संख्या पनि दिनहुँ हजारौँको संख्यामा बढ्ने गरेको छ । वल्र्डओमिटरकाअनुसार शुक्रबारमात्रै ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

योसँगै संक्रमितको संख्या ७ लाख ९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै ६० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

अमेरिकाले भने देशमा आइपरेको महाप्रकोपविरुद्ध लड्न भन्दा पनि अनावश्यक कुरामा चासो देखाएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरस उच्च विन्दुमा रहेको र यो विस्तारै घट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । तर, यो महासंकटले ठुलै भयावह स्थिति ल्याउने अमेरिकी अधिकारीहरुले बताएका छन् ।