चीनले पक्राउ गरेको १० भारतीय सैनिक रिहा
खबर एक्सप्रेस
२०७७-०३-०५ १२:०७ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए । भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।
१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस