काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घन्टामा १२ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १७६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल २२ हजार ४३४ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ६५ जना क्वारेन्टिनमा रहेका छन् ।