कोपा अमेरिकाः अर्जेन्टिनाले उरुग्वेलाई हरायो
खबर एक्सप्रेस
२०७८-०३-०५ ०८:४८ मा प्रकाशित
Total Shares: 290
काठमाडौै,एजेन्सी - कोपा अमेरिका फुटबल अन्तर्गत अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ ।
ब्राजिलको इस्टेडिओ नेसनल डी ब्रासालिया मैदानमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १३ औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
उक्त गोल नै अर्जेन्टिनाको जितका लागि निर्णायक गोल हुन पुग्यो । जितसँगै समूह बीमा रहेको अर्जेन्टिना २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यस्तै १ खेल खेलेको उरुग्वे चौंथो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस