काठमाडौं-भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा नेपालले आज चौथो खेल बरोडा क्लबसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आइतवार हुनेछ ।