तोलामा ५ सयले घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-०४-०२ ११:३० मा प्रकाशित
Total Shares: 431
काठमाडौं - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर आज तोलाको ९ सय ९५ रुपैयाँ भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
फेसबुक पेज Like गर्नुहोस