चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
खबर एक्सप्रेस
२०८१-०९-०३ ०१:१३ मा प्रकाशित
Total Shares: 46
काठमाडौं -प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजमाथि कर्णाली याक्सले सहज जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १७६ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १५४ रन मात्र बनाउन सक्यो ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन
फेसबुक पेज Like गर्नुहोस